बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगातार ३६ हजारले घटेको सुनको मूल्य फेरि १४ हजार ६ सय रुपैयाँले बढ्यो

चाँदीको मूल्य प्रतितोला ४१५ रुपैयाँले बढ्यो

बुधबार, चैत ११ २०८२
लगातार ३६ हजारले घटेको सुनको मूल्य फेरि १४ हजार ६ सय रुपैयाँले बढ्यो

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ। 

यसअघि लगातार ६ दिनमा प्रतितोला ३६ हजार रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन १४ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, चैत ११ २०८२१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend