बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ११ २०८२
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ।

वीरगन्ज (पर्सा)- चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ।

पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ।  

सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ। रासस

प्रकाशित : बुधबार, चैत ११ २०८२०७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend