बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अल न्यु सुजुकी एक्सेसको बिक्री सुरू, सुरुवाती मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ

मंगलबार, चैत १० २०८२
अल न्यु सुजुकी एक्सेसको बिक्री सुरू, सुरुवाती मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ

नयाँ एक्सेसमा १२४ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई इन्जिन छ। यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

काठमाडौं- सुजुकीको एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएसँगै बिक्री सुरु भएको छ।

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले एक्सेस १२५ स्कुटरको ओबीडी टू भेरियन्ट नेपाल भित्र्याएको हो।

कम्पनीले एक्सेस १२५ को दुई भेरियन्ट नेपालमा सार्वजनिक गरेको हो। जसमा एक्सेस ड्रम र एक्सेस स्पेशल एडिसन रहेको छ। कम्पनीले ड्रम भेरियन्टको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ र स्पेशल एडिसनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ। 

नयाँ एक्सेसमा १२४ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, टु भल्ब, एसओएचसी, एफआई इन्जिन छ। यो इन्जिनले अधिकतम ८.७ पीएस पावर तथा १०.२ एनएम टर्क जेनेरेट गर्छ।

यसमा सीभीटी ट्रान्समिसन सिस्टम, भेरियन्ट अनुसार ड्रमब्रेक र डिस्कब्रेक अप्सन अलोय ह्वील, ट्युबलेस टायर, फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा स्विङआर्म सस्पेन्सन सेटअप, एलईडी लाइट, कलरफुल डिजिटल डिस्प्ले लगायतका विशेषताहरु छन्।

स्कुटरमा कनेक्टिभिटी सिस्टम सहितको डिस्प्ले र एलईडी हेड्ल्याम्प छ। साथै टर्न बाइ टर्न नेभिगेसन, ५.३ लिटरको फ्युल ट्याकं, २४.४ लिटरको अण्डर सिट स्टोरेजसमे रहेको छ। 


प्रकाशित : मंगलबार, चैत १० २०८२१८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend