बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनएमबी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
एनएमबी बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं- एनएमबी बैंकले ग्लोबल मनी विक २०२६ का अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा सहभागीलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनासम्बन्धी जानकारी प्रदान गरिएको थियो। बैंकद्वारा सञ्चालन गरिएका वित्तीय साक्षरता कार्यक्रममार्फत ४ हजारभन्दा बढी सहभागी  प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

ग्लोबल मनी विकका अवसरमा बैंकले देशका विभिन्न स्थानहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी तथा जनचेतनामूलक ऱ्याली  आयोजना गरेको छ। साथै बैंकले सामाजिक सञ्जालमार्फत वित्तीय सचेतनासम्बन्धी जानकारीमूलक सामग्रीसमेत साझा गरेको छ।

एनएमबी बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : मंगलबार, चैत १० २०८२१६:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend