बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन्।

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ। नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन्। अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ।

यस्तै रियल टाइम मनिटरिङ, सीसीटीभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ। उनका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुंगा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ।

प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए। उनले भने, 'प्रविधिको प्रयोगसँगै वन्यजन्तुको अपराधमा संलग्नलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न सफल भएका छौँ।' 

यसबाट विभिन्न वन्यजन्तुको अखेटोपहारहरू लिएर हिँडेका व्यक्तिसमेत नियन्त्रण गर्न सकिएको उनले जानकारी दिए। वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगसँगै साझेदार संस्थाहरूको ठूलो सहयोग रहेको उनले बताए।

स्थानीयस्तरमा परिचालन हुने युवा परिचालन समिति, नेपाली सेना, निकुञ्जका कर्मचारीको अथक प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, चैत १० २०८२१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend