बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

एफएनसीसीआई निर्वाचन : शिव घिमिरेद्वारा वस्तुगत प्यानल घोषणा, अञ्जन श्रेष्ठको समर्थन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ९ २०८२
एफएनसीसीआई निर्वाचन : शिव घिमिरेद्वारा वस्तुगत प्यानल घोषणा, अञ्जन श्रेष्ठको समर्थन

घिमिरेको समूहले अब छिट्टै देशव्यापी रूपमा विभिन्न वस्तुगत संघहरूसँग अन्तर्क्रिया र चुनावी प्रचार अभियान सुरु गर्ने बताएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगततर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा सोमबार आयोजित एक समारोहबीच घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका हुन्।

घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेको जनाइएको छ। ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम निर्माण गरेका छन्।

घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका वस्तुगत सदस्यका उम्मेदवारहरूमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुब बहादुर गौतम रहेका छन्। 

शिव घिमिरे नेपाली निजी क्षेत्रमा परिचित नाम हो। नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्षका रूपमा उनले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा भूमिका खेलेका छन्। साना तथा मझौला उद्योगीका समस्यालाई नीतिगत तहमा पुर्‍याउन उनले लामो समयदेखि वकालत गर्दै आएका छन्।

उम्मेदवारी घोषणाका क्रममा उपाध्यक्षका उम्मेदवार घिमिरेले महासंघभित्र वस्तुगत संघहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

घिमिरेको समूहले अब छिट्टै देशव्यापी रूपमा विभिन्न वस्तुगत संघहरूसँग अन्तर्क्रिया र चुनावी प्रचार अभियान सुरु गर्ने बताएको छ।


प्रकाशित : सोमबार, चैत ९ २०८२१७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend