बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

अर्थविद् केशव आचार्यको निधन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ९ २०८२
अर्थविद् केशव आचार्यको निधन

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए। उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे।

काठमाडौं- अर्थविद् केशव आचार्यको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको आचार्यका छोरा शिखरलेजानकारी दिए।

आचार्यको शव अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको र मंगलबार दाहसंस्कार गरिने शिखरले बताए।

गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनलाई मस्तिष्कघातको उपचारका लागि अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो।

आचार्यकी छोरी अचला अमेरिकाबाट मंगलबार बिहान काठमाडौं आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकमा करिब तीन दशकभन्दा बढी सेवा गरेर कार्यकारी निर्देशकबाट अवकाश प्राप्त गरेका आचार्यले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकासमेत निभाएका थिए। उनी मौद्रिक तथा वित्त नीतिका ज्ञाता मानिन्थे। रासस


प्रकाशित : सोमबार, चैत ९ २०८२१६:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend