बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ९ २०८२
कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं- विश्व वित्तीय सप्ताह २०२६ का अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा प्रत्येक वर्षको मार्च महिनामा यो सप्ताह मनाउने गरिन्छ। सप्ताह यो वर्ष मार्च १७ मा सुरु भई मार्च २३ सम्म सञ्चालन भएको थियो।

यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशैभरि प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ।

बैंकले सातवटै प्रदेशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै १००० भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ। कार्यक्रमहरूमा साना-साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने, बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो।

साथै हाल बढ्‌दो डिजिटल ठगीका घटनाहरूलाई मध्यनजर गर्दै बैंकले ओटीपीसम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गरेको छ। उक्त अभियानअन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरिएको छ जसले विभिन्न समुदायसम्म वित्तीय सुरक्षासम्बन्धी सन्देश प्रभावकारी रूपमा पुऱ्याउन सहयोग पुर्‍याएको छ।

त्यसैगरी  बैंकले सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोबार गर्दा हुने गल्तीहरू तथा अनलाइन ठगीहरूबाट बच्न  आवश्यक जानकारी प्रदान गरेको छ।  बैंकले विभिन्न स्थानमा वित्तीय साक्षरतासँग सम्बन्धित जानकारीसहित प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ। 


प्रकाशित : सोमबार, चैत ९ २०८२१४:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend