बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

मुस्ताङ भन्सारद्वारा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ९ २०८२
मुस्ताङ भन्सारद्वारा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन

बर्सेनि १०-१५ लाख रुपैयाँ  राजस्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयले असोजयता उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको कार्यालयको भनाइ छ।

मुस्ताङ- नेपाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म उक्त रकमबराबरको राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैयाँबराबरको मालवस्तु आयात भएको छ भने  २० करोड ३० लाख रुपैयाँबराबरको मालवस्तु चीनतर्फ निर्यात भएको छ। हालसम्म कोरला नाकाबाट भित्रिएका २ हजार ३ सय ४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए।

यसैगरी मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको भन्सार प्रमुख खड्काको भनाइ छ।

गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिएको थियो। यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रूपमा प्रयोग गरिएको कोरला नाकालाई पूर्ण रूपमा सञ्चालन गराएको थियो।

बर्सेनि १०-१५ लाख रुपैयाँ  राजस्व संकलन गर्ने मुस्ताङ भन्सार कार्यालयले असोजयता उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको कार्यालयको भनाइ छ। रासस


प्रकाशित : सोमबार, चैत ९ २०८२१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend