बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १७ वटा गैँडा मरे

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ९ २०८२
चितवन राष्ट्रिय निकुञ्जमा साउनयता १७ वटा गैँडा मरे

यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन्। साउनयता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन्।

चितवन- चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन्। तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन्। यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन्। साउनयता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा र १८ वटा चित्तल मरेका छन्। चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिंगर, सुन गोहोरो १/१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन्। ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन्।

ती वन्यजन्तुहरू दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेरलगायत कारण मरेका हुन्। यस आर्थिक वर्षमा सचेतनासँगै सामाजिक रूपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकीएको उनले बताए।

समुदायस्तरमा संरक्षणको चेतना बढेसँगै वन्यजन्तुको चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको उनले बताए। गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए। रासस


प्रकाशित : सोमबार, चैत ९ २०८२११:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend