बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोमबार, चैत ९ २०८२
पश्चिमी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ।

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसममा खासै सुधार नआउने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रकाशित : सोमबार, चैत ९ २०८२०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend