बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

२ अर्ब १६ करोड रुपैयाँको लागतमा बाराको जितपुरमा २८० बेडको तारे होटल निर्माण हुने

आइतबार, चैत ८ २०८२
२ अर्ब १६ करोड रुपैयाँको लागतमा बाराको जितपुरमा २८० बेडको तारे होटल निर्माण हुने

होटल सिमरा विमानस्थलबाट १.६ किलोमिटरको दूरीमा रहने छ।

काठमाडौं- बाराको जितपुरमा तारे होटल निर्माण हुने भएको छ। जितपुर उपमहानगरपालिका वडा नम्बर १ मा भरलेली हस्पिटालिटी प्रालिले १ सय ५४ कोठामा २ सय ८० बेड रहने गरी तारे होटल निर्माण गर्न लागेको हो।

होटल निर्माणमा २ अर्ब १६ करोड ६१ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

होटल सिमरा विमानस्थलबाट १.६ किलोमिटरको दूरीमा रहने छ। होटलको भवन २१.०३ मिटर अग्लो हुने छ। होटलमा ३ वटा लिफ्ट हुने छन्।

होटलमा १० वटा भीआईपीसहित ६१ वटा कार पार्किङस्थल हुने छ। होटलमा ३ सय ९५ जना अट्ने क्षमताको सभाहल निर्माण हुने छ।

होटलमा ११ सय जनालाई सेवा दिन सक्ने ब्यांक्वेट निर्माण हुने छ। होटलको ३ वटा भवन निर्माण हुने छ।  


प्रकाशित : आइतबार, चैत ८ २०८२१७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend