बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सहजपुर-घरखेडा-निगाली सडकको स्तरोन्नति थालियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
सहजपुर-घरखेडा-निगाली सडकको स्तरोन्नति थालियो

कैलाली- कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर-घरखेडा-निगाली सडकको स्तरोन्नति सुरु भएको छ। कैलालीको चुरे गाउँपालिका-३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा-निगाली हुँदै धनगढी -दिपायल फास्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका इञ्जिनियर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको हो। उक्त सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो।

सहजपुर-घरखेडा-निगाली सडक स्तरोन्नतिका लागि गत वैशाख १ गते ढुकेचु एएनके जोशी जेभी महेन्द्रनगरस्थित निर्माण कम्पनीसँग २०८४ जेठ ३ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जोशीले बताए।

सम्झौताअनुसार सहजपुदेखि गाउँपालिकाको केन्द्र रहेको घरखेडासम्म ६ किलोमिटर सडकमा कालोपत्र गरिने छ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, चैत ८ २०८२१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend