बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई चितवन ग्रान्ड रिजेन्सी रिसोर्टको सेवामा छुट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई चितवन ग्रान्ड रिजेन्सी रिसोर्टको सेवामा छुट

काठमाडौं- कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा लिन सक्नेछन्। छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द्र भण्डारी र होटलका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन्।


प्रकाशित : आइतबार, चैत ८ २०८२१३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend