बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

नेपालगञ्ज भन्सारले कुनै पनि महिना लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ८ २०८२
नेपालगञ्ज भन्सारले कुनै पनि महिना लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन

लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ। भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन सकेको छैन।

बाँके- नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्ष २०८२/ ८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण भएकामा फागुन मसान्तसम्म आठ महिनामा मात्र १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ अर्थात् लक्ष्यको ५१.९७ प्रतिशत असुली भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिए।

उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका चार महिनामा ४८ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ। भन्सार कार्यालयको मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन सकेको छैन।

चालु आर्थिक वर्षको साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालगञ्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको थियो।

नेपाल-भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख पौडेलको भनाइ छ।

नेपालगञ्ज भन्सारमा चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार ५४ रुपैयाँ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत १ अर्ब ३५ करोड १० लाख ९ हजार  रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसैगरी असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० रुपैयाँ लक्ष्य रहेकामा ८७.८३ प्रतिशत १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा ७२.३० प्रतिशत १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मंसिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा ८३.४५ प्रतिशत १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ संकलन भएको छ।

पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ, माघमा १ अर्ब करोड ६९ लाख ४० हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.२४ प्रतिशत १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ र फागुनमा १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.३२ प्रतिशत १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ संकलन भएको छ।

नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मंसिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत र फागुनमा ७३.६८ प्रतिशत राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : आइतबार, चैत ८ २०८२१३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend