काठमाडौं- निसान कारको नेपालका लागि पायोनियर मोटो कर्पले नयाँ स्किम घोषणा गरेको छ। पायोनियरले निसानको कम्प्याक्ट एसयूभीमा एक वर्षसम्म शून्य इन्धन योजना ल्याएको
यस १ वर्ष शून्य इन्धन अभियान अन्तर्गत ग्राहकहरूले ५० हजार रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्ने छन्।
हाल निसान म्यागनाइटको सुरुवाती मूल्य ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागु हुनेछ।
यसलाई अझ आकर्षक बनाउँदै निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ। जस अन्तर्गत म्यागनाइट ईएमआई अब प्रति दिन मात्र ९९९ रुपैयाँमा उपलब्ध हुनेछ। जसले यसलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।
निसान म्यागनाइटमा ग्लोबल एनसीएपी सेफ्टी रेटिङमा फाइभ स्टार पाएको छ। यो एसयूभी सेग्मेन्टकै उत्कृष्ट २ सय ५ एमएम ग्राउण्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल(स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन, तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरियन्टहरूमा उपलब्ध छन्।
कम्पनीले ग्राहकहरूलाई नजिकको निसान शोरूममा गइ टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको छ।
