काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैायाँमा कारोबार भएको थियो।
यस्तै आज आइतबार चाँदीको मूल्य प्रतितोला ३ सय ५५ रुपैयाँले घटेर ४ हजार ५ सय ४० रुपैयाँमा झरेको छ। गएको शुक्रबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
