बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

शेरबहादुर देउवा सिंगापुरबाट हङकङतर्फ प्रस्थान

शनिबार, चैत ७ २०८२
शेरबहादुर देउवा सिंगापुरबाट हङकङतर्फ प्रस्थान

देउवा सिङ्गापुरमा स्वास्थ्य उपचारका लागि केही दिनदेखि बस्दै आएका थिए। उपचार सम्पन्न भएपछि थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागिता जनाउन उनी हङकङ गएका हुन्।

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार सकेपछि हङकङ प्रस्थान गरेका छन्।

देउवा सिङ्गापुरमा स्वास्थ्य उपचारका लागि केही दिनदेखि बस्दै आएका थिए। उपचार सम्पन्न भएपछि थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागिता जनाउन उनी हङकङ गएका हुन्।

निकट स्रोतका अनुसार हङकङमा निर्धारित स्वास्थ्य जाँच तथा पारिवारिक कार्यक्रम सम्पन्न गरेपछि देउवा नेपाल फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित : शनिबार, चैत ७ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend