बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

पाथीभरामा पाँचौँ पटक हिमपात, पर्यटकको घुइँचो

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत ७ २०८२
पाथीभरामा पाँचौँ पटक हिमपात, पर्यटकको घुइँचो

हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ।

ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ। हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ। पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि त्यहाँ पुगेका छन्।

हिमपातसँगै जिल्लाभर चिसो बढेको छ। जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन्। रासस


प्रकाशित : शनिबार, चैत ७ २०८२१५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend