बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

बागमती सफाइ महाअभियान : ३ मेट्रिकटन फोहर व्यवस्थापन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत ७ २०८२
बागमती सफाइ महाअभियान : ३ मेट्रिकटन फोहर व्यवस्थापन

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानको आज ६ सय ७१ औँ शृंखला हो। महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार बिहान करिब दुई घण्टा बागमती नदीमा सफाइ हुने गरेको छ।

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियानका क्रममा सिनामंगलस्थित बागमती पुल क्षेत्रमा सफाइ गरी ३ मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ। आजको सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको हो।

सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका-९ का वडा सदस्य नवराज अधिकारी, अधिकारसम्पन्न बागमती समितिका कर्मचारीसहित बागमती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानको आज ६ सय ७१ औँ शृंखला हो। महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार बिहान करिब दुई घण्टा बागमती नदीमा सफाइ हुने गरेको छ।

बागमती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौंमा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र राजधानीबाहिरका नदी क्षेत्रमा सफाइ अभियान सुरु भएको छ। सफाइ अभियानका क्रममा पछिल्लो समय कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर नकुहिने फोहर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन्। रासस


प्रकाशित : शनिबार, चैत ७ २०८२१४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend