शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ८९ हजार १ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ८९ हजार १ सय रुपैयाँ कायम भएको छ। 

लगातार केही दिन स्थिर रहेको चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। बिहीबार १२ सय रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : शुक्रबार, असोज १ २०७८०६:३२
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend