बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

आज देशभर बादल लाग्ने, मध्यम वर्षा र हिमपातको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत ७ २०८२
आज देशभर बादल लाग्ने, मध्यम वर्षा र हिमपातको सम्भावना

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू-भागमा अधिकांश बादल लागेको छ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रकाशित : शनिबार, चैत ७ २०८२०८:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend