बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

काठमाडौंमा निरन्तर पानी पर्दै, हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना

शुक्रबार, चैत ६ २०८२
काठमाडौंमा निरन्तर पानी पर्दै, हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना

यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

काठमाडौं- काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी छ। जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले हुरीबतास पनि चलिरहेको छ।

अहिले सातै प्रदेशका विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा बढी पानी लमजुङको बेँसीसहरमा २५.२ मिलिमिटर परेको छ।

हुरीबतास अझै तीव्र हुनसक्ने सम्भावना रहेको छ। हुरीबताससहितको वर्षाका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताले बनेका छाना उड्ने जोखिम रहेको छ।

यस्तो अवस्थामा जोखिमयुक्त यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। 


प्रकाशित : शुक्रबार, चैत ६ २०८२१७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend