काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन प्रतितोला ७ हजार ८ सय र चाँदी १ सय १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय र चाँदी ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय र चाँदीको मूल्य ५ हजार १० रुपैयाँ थियो।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय र चाँदीको मूल्य ५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
