बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

दुई फर्मलाई विभागको जरिवाना

शुक्रबार, चैत ६ २०८२
दुई फर्मलाई विभागको जरिवाना

ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो।

काठमाडौं- कानूनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ। 

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं महानगरपालिका सिनामंगलमा रहेको जमकटेल फर्मालाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।

त्यसैगरी भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो।

यस्तै विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ६ २०८२०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend