बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

आज विश्व हिमनदी दिवस

शुक्रबार, चैत ६ २०८२
आज विश्व हिमनदी दिवस

आज विश्व हिमनदी दिवस हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो। हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ।

काठमाडौं- आज विश्व हिमनदी दिवस हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो। हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ। 

पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन्। पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ।

विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढाएकामा चिन्ता व्यक्त गर्दै उक्त विश्व संस्थाले यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको बताएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ६ २०८२०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend