बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च

बिहीबार , चैत ५ २०८२
प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड रुपैयाँ खर्च

प्रहरीका लागि सवारी साधन भारतबाट उपलब्ध गराइएको थियो भने १ लाखभन्दा बढी निर्वाचन प्रहरीको तलब-भत्ताका लागि चीनले सहयोग गरेको जनाइएको छ।

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ। निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएसँगै आयोगले खर्च विवरण सार्वजनिक गरेको हो।

निर्वाचन प्रयोजनका लागि आयोगले अर्थ मन्त्रालयसँग ७ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बजेट माग गरेको थियो। तर मन्त्रालयले ६ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ मात्रै निकासा दिएको थियो। उपलब्ध बजेटभित्रै रहेर निर्वाचन सम्पन्न गरिएको आयोगले जनाएको छ।

आयोगकाका अनुसार खर्चका हिसाबले निर्वाचन मितव्ययी रूपमा सम्पन्न भएको दाबी गरेको छ। आयोगका अनुसार प्रतिमतदाता २ सय ८४ रुपैयाँ खर्च भएको छ। 

यद्यपि, निर्वाचन सुरक्षासम्बन्धी खर्च भने आयोगको विवरणमा समावेश छैन। सुरक्षाका लागि बजेट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टै रूपमा उपलब्ध गराइएको थियो।

निर्वाचन अवधिमा सुरक्षातर्फ अन्तर्राष्ट्रिय सहयोग पनि लिइएको थियो। प्रहरीका लागि सवारी साधन भारतबाट उपलब्ध गराइएको थियो भने १ लाखभन्दा बढी निर्वाचन प्रहरीको तलब-भत्ताका लागि चीनले सहयोग गरेको जनाइएको छ।


प्रकाशित : बिहीबार , चैत ५ २०८२१८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend