बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कांग्रेस नेता कान्छारामको कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी

बिहीबार , चैत ५ २०८२
कांग्रेस नेता कान्छारामको कम्पनीले सडक अलपत्र पारेपछि ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी

ठेक्का सम्झौताको म्याद पटक-पटक थप भए पनि काम सम्पन्न नगरेकाले कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का तोड्ने चेतावनी दिएको हो।

काठमाडौं- बागमती प्रदेशअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ।

कार्यालयले आज जारी गरेको सूचनामा तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनले विभिन्न सडक निर्माण कार्य अलपत्र पारेको र बारम्बार चेतावनी दिए पनि ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै लिखित जवाफ माग गरेको छ।

ठेक्का सम्झौताको म्याद पटक-पटक थप भए पनि काम सम्पन्न नगरेकाले कार्यालयले सार्वजनिक खरिद ऐनबमोजिम ठेक्का तोड्ने चेतावनी दिएको हो।

कार्यालयले ठेक्का तोड्नु नपर्ने कुनै ठोस कारण भएमा सात दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित स्वयं उपस्थित हुन अनुरोध गरेको छ।

यदि उचित स्पष्टीकरण नआएमा कम्पनीलाई कालोसूचीमा राखेर धरौटी रकम जफत गर्ने प्रक्रिया अघि बढाइने चेतावनी पनि जारी गरिएको छ।

kancha1.jpg

प्रकाशित : बिहीबार , चैत ५ २०८२१६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend