बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

मेची भन्सारद्वारा आठ महिनामा ११ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत ५ २०८२
मेची भन्सारद्वारा आठ महिनामा ११ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन

फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो सो अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। उनका अनुसार फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो।

चालु आर्थिक वर्षको आठ महिनामा भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख रुपैयाँ, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार रुपैयाँ, निर्यात सेवा शुल्क शीर्षकमा ६ लाख २९ हजार रुपैयाँ, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

यसैगरी अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार रुपैयाँ, पूर्वाधार कर शीर्षकमा १ अर्ब २२ करोड १२ लाख ८० हजार रुपैयाँ, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा १ लाख २१ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा ४ अर्ब २० करोड १८ लाख ८७ हजार रुपैयाँ र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , चैत ५ २०८२११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend