काठमाडौं- नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बिहीबार चाँदीको मूल्य प्रतितोला प्रतितोला १ सय ४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
