बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

फोरथिङको 'फोरथिङ एक्सचेन्ज फेस्ट' : ७ लाख रुपैयाँसम्मको छुटसहित यस्ता छन् थप सुविधा

बिहीबार , चैत ५ २०८२
फोरथिङको 'फोरथिङ एक्सचेन्ज फेस्ट' : ७ लाख रुपैयाँसम्मको छुटसहित यस्ता छन् थप सुविधा

यो योजना अन्तर्गत ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्। जसमा एक्सचेन्ज बोनसमा हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्यांकन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने छ।

काठमाडौं- फोरथिङ प्रिमियम विद्युतीय गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटी प्रालिले काठमाडौंको थापाथलीमा एक्सचेन्ज क्याम्प गर्ने भएको छ। कम्पनीले चैत ६ देखि ८ गतेसम्म आयोजना हुनेगरी फोरथिङ एक्सचेन्ज फेस्टको घोषणा गरेको छ।

यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोरथिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्दछ।

यो योजना अन्तर्गत ग्राहकहरूले कुल ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्। जसमा एक्सचेन्ज बोनसमा हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्यांकन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने छ।

त्यस्तै कम्पनीले नयाँ फोरथिङ प्राइडेको खरिदमा आकर्षक नगद छुट १ वर्षको अटो प्लस बीमा सुविधा दिने र यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज हुने जनाएको छ। स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर कम्पनीले नै बेहोर्ने छ। लक्ष्मी ई मोबिलिटीले नि:शुल्क स्पेयर टायर र एसी चार्जर हरेक सवारी खरिद गर्ने उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ। 

फोरथिङ एक्सचेन्ज फेस्ट केवल एउटा प्रवर्द्धनात्मक कार्यक्रम मात्र नभइ ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको अवसर भएको कम्पनीको भनाइ छ। ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाइएको कम्पनीले जनाएको छ। 

फोर्थिङ चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपको सहायक कम्पनी डोङफेङ लियुझो मोटर कम्पनी अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो। क्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रालि नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो।


प्रकाशित : बिहीबार , चैत ५ २०८२१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend