काठमाडौं- गर्मी मौसममा शीतलको आवश्यकतालाई मध्यनजर गर्दै सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ। यी एसीहरूले गर्मीमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
छतमा फिट हुने यसको स्मार्ट डिजाइन र एट-वे एयर आउटलेट प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्छ। इन्भर्टर प्रविधि, अल्ट्रा-लो न्वाइज डिजाइन र हेल्दी फिल्टर जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्छन्। साथै बिल्ट-इन वाटर पम्प, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, टाइमर र पावर-डाउन जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।
यी एसी १ टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि प्रभावकारी समाधान प्रदान गर्छन्।
नेपालमा टीसीएल ब्रान्डका सिलिङ क्यासेट स्प्लिट टाइप तथा वाल माउन्ट स्प्लिट टाइपहरू कुलिङका लोकप्रिय विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। साथै वासिङ मेसिन, वाटर डिस्पेन्सर, डिस्पेन्सर, रेफ्रिजेरेटर र टीभी एन्ड अडियो सिस्टम जस्ता टीसीएल ब्रान्डका होम अप्लायन्सहरू पनि दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन्।
सीजी इलेक्ट्रोनिक्स नेपालमा टीसीएल ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनी हो।
