बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रभु बैंकको बौद्ध शाखाद्वारा 'एकाउन्टिङ फर ग्रोथ' कार्यक्रम सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ४ २०८२
प्रभु बैंकको बौद्ध शाखाद्वारा 'एकाउन्टिङ फर ग्रोथ' कार्यक्रम सञ्चालन

काठमाडौं- प्रभु बैंक लिमिटेडले 'ग्लोबल मनी विक-२०२६' अन्तर्गत चैत २ गतेदेखि देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

'स्मार्ट मनी टक्स' भन्ने नाराका साथ भइरहेका कार्यक्रमअन्तर्गत बैंकको बौद्ध शाखाले बुधबार बौद्धस्थित होटल अनुत्तरामा एक दिने 'एकाउन्टिङ फर ग्रोथ' कार्यक्रम सम्पन्न गरेको छ।

सूक्ष्म, साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया तथा कागजातसम्बन्धी विषयको जानकारी प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी व्यवसायीहरूलाई वित्तीय संस्थाबाट वित्तपोषणका लागि आवश्यक योग्यताहरूका बारेमा समेत जानकारी दिइएको थियो।


प्रकाशित : बुधबार, चैत ४ २०८२१५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend