बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

खोटाङ केपिलासगढीको बालाबेसीमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटना

बुधबार, चैत ४ २०८२
खोटाङ केपिलासगढीको बालाबेसीमा ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटना

हेलिकोप्टरको टायर बिग्रिएर पल्टिएको एयर डाइनेष्टीका प्रबन्ध निर्देशक प्रवित्रकुमार कार्कीले जानकारी दिएका छन्। उनका अनुसार हेलिकोप्टरमा पाँचजना सवार थिए।

काठमाडौं- खोटाङ केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। एयर डाइनेष्टीको ‘नाइन-एन एफक्यू’ हेलिकप्टर दुर्घटना भएको हो।

ल्यान्ड गर्ने समयमा हेलिकोप्टर पल्टिएको एयर डाइनेष्टीका प्रबन्ध निर्देशक प्रवित्रकुमार कार्कीले जानकारी दिएका छन्। उनका अनुसार हेलिकोप्टरमा पाँचजना यात्रु र एकजना पाइलट सवार थिए। एकजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ बजे उडेको हेलिकोप्टर खोटाङमा ११ बजेर ५१ मिनेट जाँदा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

helicopter khotang accident.jpg


प्रकाशित : बुधबार, चैत ४ २०८२१३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend