काठमाडौं- नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँमा झरेको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज बुधबार चाँदीको मूल्य प्रतितोला १ सय ८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा झरेको छ। हिजो मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
