बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

कैलाली भन्सार कार्यालयद्वारा आठ महिनामा ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ४ २०८२
कैलाली भन्सार कार्यालयद्वारा आठ महिनामा ५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन

आठ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए।

कैलाली- कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा ५अर्ब ४० करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व संकलन गरेको हो।

कार्यालयले भन्सार महसुलतर्फ २ अर्ब ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ७ करोड ५९ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख रुपैयाँ र अन्यतर्फ १ अर्ब २१ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ। आठ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए।

चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा भने पुग्न सकेको छैन। कार्यालयले साउनमा ७१ करोड ६१ लाख रुपैयाँको लक्ष्य रहेकामा ५७ करोड ८० लाख रुपैयाँ, भदौमा ७४ करोड २१ लाख रुपैयाँको लक्ष्य रहेकामा ५३ करोड ७० लाख रुपैयाँ, असोजमा ७६ करोड ७७ लाख रुपैयाँको लक्ष्य रहेकामा ६७ करोड ७८ लाख रुपैयाँ र कात्तिकमा ८४ करोड ६७ लाख रुपैयाँको लक्ष्य रहेकामा ७२ करोड ५४ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए।

यस्तै मंसिरमा ७८ करोड ३३ लाख रुपैयाँको लक्ष्य रहेकामा ६८ करोड ९१ लाख रुपैयाँ, पुसमा ८१ करोड २५ लाख  रुपैयाँको लक्ष्य रहेकामा ७४ करोड ६५ लाख रुपैयाँ, माघमा ७६ करोड ९ लाख रुपैयाँको लक्ष्य रहेकामा ६८ करोड ८२ लाख रुपैयाँ र फागुनमा ७७ करोड १४ लाख रुपैयाँको लक्ष्य रहेकामा ७६ करोड ४४ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको उनले जानकारी दिए।

गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन। गत आर्थिक वर्षमा ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो। रासस


प्रकाशित : बुधबार, चैत ४ २०८२१०:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend