काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनबाट अत्यन्तै ठूलो आकारको ‘जम्बो’ कार्यसमिति घोषणा गरिएको छ। शनिबारदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै संरचनागत विस्तारलाई प्राथमिकता दिँदै विभिन्न तह र क्षेत्र समेट्ने गरी कार्यसमिति गठन गरेको हो।
महाधिवेशनबाट डा. हेमराज शर्मा अध्यक्षमा चयन भएका छन् भने रविन शेरचन वरिष्ठ उपाध्यक्ष बनेका छन्। संघमा उपाध्यक्षहरूको संख्या मात्रै २४ पुगेको छ, जसले यसपटकको कार्यसमिति अघिल्ला कार्यसमितिभन्दा निकै ठूलो बनेको देखाएको छ।
उपाध्यक्षहरूमा रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, मनोजकुमार श्रेष्ठ, रोजिना प्रधान राई, रोशन थापा, प्रविण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, लोकप्रसाद दाहाल, महेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, विश्वदीप तिगेला र तिलक गैरे रहेका छन्।
महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’ तथा युवा उपाध्यक्षमा भिमसेन थापा चयन भएका छन्। महासचिवमा डा. चिरञ्जीवी खड्का चयन हुँदा उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह रहेका छन्।
त्यस्तै, सचिवहरूमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिम्सिना र रमेश भट्ट चयन भएका छन्। महिला सचिवको जिम्मेवारी अमृता थापा कञ्चनलाई दिइएको छ।
कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना चयन भएका छन् भने सह–कोषाध्यक्षमा अब्दुल बासिद र विमल सुवेदी तथा महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा चयन भएकी छन्। महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा नविन निउरे चयन भएका छन्। प्रवक्ताको जिम्मेवारी सोम सापकोटाले पाएका छन्।
यसपटक कार्यसमितिमा क्षेत्रीय संरचनालाई पनि विशेष प्राथमिकता दिइएको छ। अफ्रिका संयोजकमा मनोज विक, अमेरिका संयोजकमा भुवन खरेल, एसिया–प्यासिफिक संयोजकमा दिपक प्रसाद कडेल, युरोप संयोजकमा रोबर्ट लिम्बु, मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ र ओसेनिया संयोजकमा रमेश जोशी चयन भएका छन्।
यस्तै, विभिन्न क्षेत्रमा उप–संयोजक तथा सह–संयोजकहरू समेत चयन गरिएको छ। अमेरिका, एसिया–प्यासिफिक, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रका लागि छुट्टाछुट्टै पदाधिकारी राखिँदा संगठनको अन्तर्राष्ट्रिय पहुँचलाई अझ संस्थागत बनाउने प्रयास गरिएको देखिन्छ। महिला तथा युवा संरचनालाई पनि समानान्तर रूपमा विस्तार गरिएको छ, जसअन्तर्गत क्षेत्रीय महिला संयोजक, सह–संयोजक तथा युवा संयोजकहरू तोकिएका छन्।
यसरी व्यापक प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले कार्यसमिति विस्तार गरिएको भए पनि यसको आकार अत्यधिक ठूलो हुँदा संगठनको निर्णय प्रक्रिया, समन्वय क्षमता र कार्यक्षमतामाथि प्रश्न उठ्न थालेका छन्। विगतमा पनि एनआरएनएको कार्यसमिति ठूलो हुँदा कार्यान्वयनमा ढिलाइ र निर्णयमा जटिलता देखिएको अनुभव दोहोरिन सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।