बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ४ २०८२
यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। 

त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ।  

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने  बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। रासस


प्रकाशित : बुधबार, चैत ४ २०८२०६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend