बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

यसअघि मार्टका तीनवटा संस्करण पोखरामा गरिएकामा यस पटक भने बन्दीपुरमा गर्न लागिएको हो। मार्टमार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष समेतलाई समेट्न खोजिएको छ।

गण्डकी- तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा सो मार्ट हुन लागेको हो।

गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी बैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए।

पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध संघसंस्थासँगको सहकार्यमा हुने मार्टमा गण्डकी प्रदेशका सामुदायिक घरबास (होमस्टे), पर्यटकीय कृषि फार्म (फार्म स्टे) सहित विभिन्न ३० वटा होमस्टे कक्षहरू रहने उनले जानकारी दिए।

यसअघि मार्टका तीनवटा संस्करण पोखरामा गरिएकामा यस पटक भने बन्दीपुरमा गर्न लागिएको हो। मार्टमार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष समेतलाई समेट्न खोजिएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, चैत ३ २०८२१७:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend