काठमाडौं- नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। हिजो सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज मंगलबार चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ। हिजो सोमबार चाँदी प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
