बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ३ २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ। 
 
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ। 
 
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८५ पैसा तोकिएको छ।
 
जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३३  पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ।
 
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९३ पैसा , स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७६ पैसा तोकिएको छ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ८८ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
 
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, चैत ३ २०८२०६:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend