बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

१ करोड १६ लाख नगदसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
१ करोड १६ लाख नगदसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता किताब तीन थान बरामद गरिएको छ।

काठमाडौं- प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगदसहित हुण्डी कारोबारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका-८ भीमढुंगाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता किताब तीन थान बरामद गरिएको उनले बताए।

यसैगरी विभिन्न कम्पनीका मोबाइल छ थान, एनसेल, एनटिसीको सिम ३१ थान, कम्प्युटर एक थान बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।


प्रकाशित : सोमबार, चैत २ २०८२१८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend