काठमाडाैं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको छ।
काठमाडौंको नागार्जुन नगरपालिका-५ सीतापाइलाबाट आइतबार पक्राउ परेका ६९ वर्षीय श्रेष्ठलाई नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा बैंकिङ कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
सर्वोच्च अदालतले २०८१ भदौ ५ गते उनीविरुद्ध परेका दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो।
पहिलो मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ जरिवाना र ३ वर्ष कैदको सजाय तोकिएको छ।
६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना तिर्नुपर्ने देखिएको छ। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सीआईबीले काठमाडौं जिल्ला अदालतमा पेस गरेकाे।