बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भक्तपुरको पलाँसे-तारकेश्वर सडकखण्डको स्तरोन्नति हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
भक्तपुरको पलाँसे-तारकेश्वर सडकखण्डको स्तरोन्नति हुँदै

सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ।

भक्तपुर- भक्तपुरको पलाँसे-तारकेश्वर सडकखण्डको स्तरोन्नति हुने भएको छ। 

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सडक निर्माण एवं स्तरोन्नतीका लागि ३० करोड रुपैयाँ बजेट विनियोजित गरिएको छ। सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ हुँदै सूर्यविनायक चक्रपथलाई सहज रूपमा यस सडकले जोड्ने छ।

पलाँसेबाट दुर्गम मानिएको काँक्राबारी, आशापुरी, नैचाल, पर्यटकीयस्थल रानीकोट, घ्याम्पेडाँडा हुँदै तारेक्वर सडक खण्डको कालोपत्रसमेत गर्नेगरी बजेट व्यवस्थापन गरेर निर्माण सुरु भएको हो।

यो सडकको निर्माणसँगै सूर्यविनायक नगरपालिकाभित्र रहेका शिव मन्दिरहरू जोड्ने शिव सर्किटमा जानआउन सहज हुने विश्वास गरिएृको छ।

सडक निर्माण भएसँगै यहाँका ग्रामीण क्षेत्रका उत्पादनलाई सहज रूपमा बजारीकरण गर्न, यस क्षेत्रमा फस्टाउँदै गएको पयर्यटन व्यवसायलाई अझै विस्तार एवं विकसित गर्न सहयोग पुग्नेछ। रासस


प्रकाशित : सोमबार, चैत २ २०८२११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend