बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य रकमले बढेको छ भने चाँदीको मूल्य सामान्य रकमले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको छ।

यस्तै हिजो आइतबार प्रतितोला ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार ५ रुपैयाँले घटेर ५ हजार २ सय ६५ रुपैयाँमा झरेको छ।

सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, चैत २ २०८२११:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend