बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आठ महिनामा पूर्वी नाकाबाट भित्रिए ६ हजार ७९१ जना विदेशी पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
आठ महिनामा पूर्वी नाकाबाट भित्रिए ६ हजार ७९१ जना विदेशी पर्यटक

झापा- पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा ६ हजार ७९१ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्।

अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भुटान लगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन्।

उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मंसिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए।

सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरू सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए। उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छभने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए। रासस


प्रकाशित : सोमबार, चैत २ २०८२१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend