बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

आजको मौसम पूर्वानुमान :  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २ २०८२
आजको मौसम पूर्वानुमान :  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव  छ।  साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ।

काठमाडौं- हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव  छ।  साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ।

जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन÷ चट्याङ सहित मध्यम वर्षा÷हिमपातको सम्भावना छ ।  

कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷ चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार आज राती  कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। गण्डकी,  कर्णाली र सुदुरपश्चिम  प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ सहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूपश्चिम  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत २ २०८२०६:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend