काठमाडौं- नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले गर्मी मौसम सुरु हुन लाग्दा फ्री सर्भिस क्याम्प र आकर्षक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले प्रयोग गरिरहेका जुनसुकै ब्रान्डका एसीमा पनि निःशुल्क सर्भिसिङ सेवा उपलब्ध हुनेछ।
यस्तै मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सको खरिदमा ५० प्रतिशतसम्मको भारी सहुलियत प्रदान गरिने कम्पनीले जनाएको छ।
ग्राहकले आफ्नो जुनसुकै ब्रान्डका पुराना एसी साटेर नयाँ सीजी मेरिडिया एसी लैजाँदा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्नेछन्।
नयाँ सीजी एसीको खरिदमा २० प्रतिशतसम्मको नगद छुट पाइनेछ। नयाँ एसी खरिद वा एक्सचेन्ज गर्दा ४ हजार रुपैयाँबराबरको इन्स्टलेशन शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ। एक्सचेन्ज गर्दा ६ महिनासम्म मान्य हुने ३ हजार रुपैयाँबराबरको दुईवटा सर्भिस कुपन उपहारस्वरूप प्रदान गरिनेछ।
सीजी मेरिडियाका एसीहरूमा डिजिटल इन्भर्टर कम्प्रेसर, आईओटी प्रविधि र हेल्दी फिल्टर जस्ता सुविधाहरू छन्। कम्पनीले यसको कम्प्रेसरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ। साथै आर्थिक भार कम गर्न नागरिकता मात्र पेस गरेर सीजीका घरायसी सामग्रीहरू शून्य प्रतिशत सजिलो ईएमआईमा खरिद गर्न सकिनेछ।
यो योजना फागुन २४ गतेदेखि सीमित अवधिका लागि नेपालभरका प्रमुख आउटलेटहरूमा लागू भइसकेको छ। थप जानकारीका लागि सीजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सकिनेछ।
