बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

राजस्व अनुसन्धान विभागको डीजी हुँदा ७० लाख घुस खाएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झलकराम अधिकारीविरुद्ध मुद्दा

सुन तस्करी काण्डमा आयोगले सिफारिस गर्दा पनि उन्मुक्ति पाएका थिए

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १ २०८२
राजस्व अनुसन्धान विभागको डीजी हुँदा ७० लाख घुस खाएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा झलकराम अधिकारीविरुद्ध मुद्दा

काठमाडौं- राजस्व अनुसन्धन विभागको महानिर्देशक हुँदा छानवीनको मुद्दा मिलादिने भन्दै घुस खाएको र त्यही घुसको स्रोत लुकाउने तथा शुद्धीकरण गरेको भन्दै सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। 

 

२०७९ को असारदेखि कात्तिकसम्म विभागको महानिर्देक हुँदा अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विज्यूबाट ७० लाख घुस लिएको तर त्यो घुस विभिन्न माध्यमबाट बाइपास गराउँदै शुद्धीकरण गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 

 

अधिकारीले यो सहितको अरु रकम पनि दुरुपयोग गरी विभिन्न व्यक्तिको खाता हुँदै भक्तपुरमा जग्गा किनेको र त्यही जग्गामा कुटी रिसोर्ट बनाएका थिए। घुसबाट लिएको रकमबाट त्यो रिसोर्टको ब्याज तथा सवा तिर्मा पनि सपयोग भएको पाइएको छ।

 

अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार र सम्पत्तिशुद्धीकरणको मुद्दा दायर गरेको छ। त्यस्तै घुस तथा शुद्धीकरणको योजनामा साथ दिनेहरू द कुटी रिसोर्टका प्रबन्ध निर्दशेक देवेन्द्र केसी र नेपालगञ्जका रविन्द्र लामिछानेविरुद्ध पनि सोही अभियोग लगाइएको छ। 

अधिकारी यसअघि सुन तस्करी प्रकरणमा पनि जोडिएका थिए। अधिकारीलाई चिनियाँ नागरिकसँग कनेक्सन रहेको भन्दै छानवीन समितिले कारबाही गर्ने सिफारिस गरिएपनि उन्मुक्ति पाएका थिए। 

 

 

 


प्रकाशित : आइतबार, चैत १ २०८२१७:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend