काठमाडौं- काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा बढिरहेको वायु प्रदूषणलाई मध्यनजर गर्दै विश्वप्रसिद्ध ब्रान्ड माइडियाले उच्च क्षमतायुक्त दुई फरक मोडलका एयर प्युरिफायर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले केजे५००जी-एफ११ केजे५००जी-एफ११ र केजे४००जी-जेड१ प्रो एयर प्युरिफायर सार्वजनिक गरेको हो जसले घर तथा कार्यालयभित्रको हावा शुद्धीकरण गर्दछ।
केजे५००जी-एफ११ मोडल ६६ वर्गमिटरसम्मका हल, ठूला बैठक कोठा वा अफिसका लागि डिजाइन गरिएको हो। यसले कोठाको प्रदूषण स्तर निरन्तर नापिरहन्छ र हावाको गुणस्तरअनुसार स्वतः हावा स्वच्छ भएपछि आफै आफ्नो गति कम गरी ऊर्जा बचत गर्दै फिल्टरको आयु लामो बनाउँछ। ४५० घनमिटर प्रतिघण्टाको स्वच्छ हावा डेलिभरी दर (सीएडीआर) का साथ यसले ठूलो कोठाको हावा छिटो ताजा बनाउँछ।
एच१४ हेपा फिल्टर भएकाले यसले धुलो र पाल्तु जनावरको रौँका कणहरूसहित हावामा रहेका ९९.९७ प्रतिशत प्रदूषकहरू हटाउन सक्छ। विशेषगरी पीएम२.५ का सूक्ष्म कणहरू हटाउन यो अत्यधिक प्रभावकारी रहेको कम्पनीले जनाएको छ। यसले कणहरू समात्ने मात्र नभई प्लाज्मा टेक्नोलोजीको प्रयोग गरेर हानिकारक ब्याक्टेरिया र भाइरसहरूलाई नष्टसमेत गर्छ जसले गर्दा हावा सफासँगै कीटाणुरहित बन्छ।
केजे४००जी-जेड१ प्रो मोडल ५५ वर्गमिटरसम्मका साना बेडरुम, अफिस वा अपार्टमेन्टका लागि डिजाइन गरिएको हो। ३८० घनमिटर प्रतिघण्टाको सीएडीआरका साथ यसले छिटो तर शान्त वातावरणमा हावा शुद्धीकरण गर्छ। यसको क्वाइट अपरेसन प्रणालीका कारण यो न्यूनतम ३० डीबी आवाजमा सञ्चालन हुन्छ। यसमा रहेको नेगेटिभ आयन जेनेरेटरले हावामा रहेका दुर्गन्ध, धुलो र धुवाँ कम गर्न मद्दत गर्छ।
यसले एच१३ हेपा फिल्टर प्रयोग गरेकाले पीएम२.५ का ९९.९७ प्रतिशत सूक्ष्म कणहरू हटाउन सक्छ। फिल्टरेसन प्रणाली (प्रिफिल्टर र एक्टिभ कार्बन फिल्टरको संयोजन) ले हावामा रहेका धुलो, धुवाँ तथा अन्य अशुद्ध तत्त्वहरूलाई प्रभावकारी रूपमा फिल्टर गर्छ।
दुवै मोडलका एयर प्युरिफायरले हावाको गुणस्तर सेन्सरमार्फत रियल-टाइममा देखाउँछ भने फिल्टर परिवर्तन गर्ने समयबारे जानकारी दिएर मर्मतसम्भारलाई सहज बनाउँछ। यस्तै आवश्यकतानुसार समय सेट गर्न पनि सकिन्छ। यी एयर प्युरिफायरहरूमा उपलब्ध टर्बो मोड र साइलेन्ट मोडले प्रयोगकर्तालाई आवश्यकताअनुसार सञ्चालन गर्न सजिलो बनाउँछन्।
चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले यी उत्पादनहरू नेपाल भित्र्याएको हो। कुनै पनि प्राविधिक समस्या वा फिल्टर परिवर्तन गर्नुपरेमा नेपालभर रहेका सिजी इलेक्ट्रोनिक्सका विस्तृत सेवा केन्द्र र सञ्जालमार्फत सहज रूपमा सेवा उपलब्ध छ। यी मोडेलहरू देशभरका प्रमुख इलेक्ट्रोनिक्स पसलहरू र सीजी इलेक्ट्रोनिक्स शोरुममा उपलब्ध छन्।
